मन्त्रिपरिषद् बैठक बस्ने स्थान फेरियो

१५ असार, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट सरकारका २० मन्त्री पदमुक्त भएपछि ५ सदस्यीयमा खुम्चिएको मन्त्रिपरिषद्को बैठक पहिलोपटक बालुवाटारमा बसेको छ ।

सर्वोच्चले असार ८ गते प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएका मन्त्रीलाई पदमुक्त गरिदिएको थियो ।

प्रधानमन्त्री ओलीले असार १० गते मन्त्रिपरिषद्का रहेका ४ जनालाई मन्त्रालयको जिम्मा थपिदिएका थिए ।

मन्त्रिपरिषद्को आकार सानो भएपछि सोमवारको बैठक प्रधानमन्त्री निवास बालुवाटारको सानो कोठामा बसेको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठक बालुवाटार भित्रको सभाहलमा बस्ने गरेको थियो । सोमवारको बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भएको छ ।

सरकारमा अहिले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठ सदस्य छन् ।

१५ असार २०७८, मंगलवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु