अदालतको फैसलाले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ : प्रदीप ज्ञवाली

८ असार, काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् ।

अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको ज्ञवालीले बताए ।

‘अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ’, उनले भने ।

अदालतको आदेशबारे थप छलफल गरिने ज्ञवालीले बताए । ‘अप्रत्यासित छ । यसबारे बाँकी निर्णय हामी बैठक बसेर गर्छौ’, उनले भने ।

८ असार २०७८, मंगलवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु