माओवादी केन्द्रबाट कारबाहीमा परेका बादल सहित २३ केन्द्रीय नेताहरु (नामावलीसहित)

७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले बनेका २३ जना केन्द्रीय नेताहरुलाई कारबाही गरेको छ । जसमा १७ जना त केन्द्रीय सदस्य नै छन् । बादल सहितका १७ जना केन्द्रीय सदस्यहरुलाई पदबाट पदमुक्त भएको पत्र निर्वाचन आयोगमा पुगेको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सोमवार बसेको केन्द्रीय कमिटी बैठकबाट निर्णय भएर माइन्युटसहित विवरण सच्याउनका लागि पत्र निर्वाचन आयोगमा गएको हो ।
यसअघि नै कारवाहीका लागि पत्र पठाइएको पनि केन्द्रीय समितिको निर्णय नभएको भन्ने आयोगबाट आएका कारण केन्द्रीय समितिको निर्णय गरेर पठाइएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी छोडेका बादलसहितका २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्य बनेका छन् । उनीहरुको बैधानिकताको प्रश्न उठिरहेका बेला माओवादी केन्द्रले उनीहरु एमाले बनिसकेको भन्दै निर्वाचन आयोगमा कारबाही गरिएको जानकारी सहित विवरण सच्याउन पत्र पठाएको हो ।
यी हुन् कारबाहीमा परेका माओवादी नेताहरु
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द्र थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला शाह
९. टेकबहादुर बलमपाखी
१०. कमल चौंलागाईं
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लीलालबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. गिरधरि लाल
१६. दावा लामा
१७. झपट बोहोरा
१८. चन्द्रबहादुर खड्का
१९. गौरीशंकर चौधरी
२०. डम्बर बिष्ट
२१. दिनेश पन्थी
२२. धर्मराज रेग्मी
२३. नवीन रोक्का
७ असार २०७८, सोमवार १९:२७ बजे प्रकाशित