यी हुन माओवादी केन्द्रबाट निकालिएका १४ जनप्रतिनिधिहरु (नामावलीसहित)

७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले बनेका १४ जनप्रतिनिधि पदमुक्त भएको पत्र निर्वाचन आयोगमा पुगेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सोमवार बसेको केन्द्रीय कमिटी बैठकबाट निर्णय भएर माइन्युटसहित विवरण सच्याउनका लागि पत्र निर्वाचन आयोगमा गएको हो ।

यसअघि नै कारवाहीका लागि पत्र पठाइएको पनि केन्द्रीय समितिको निर्णय नभएको भन्ने आयोगबाट आएका कारण केन्द्रीय समितिको निर्णय गरेर पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय तहका १४ जना जनप्रतिनिधिहरुमा दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यरु छन् ।

माओवादी केन्द्रबाट निकालिएका १४ जनप्रतिनिधिहरु

रिनाकुमारी साह, प्रमुख– मौलापुर नगरपालिका, रौतहट

सियाराम कुशवाह, प्रमुख– कटहरिया नगरपालिका, रौतहट

परनिया देवी, उपप्रमुख– देवाही गोनाही नगरपालिका, रौतहट

गौरीशंकर जयसवाल, उपप्रमुख– मौलापुर नगरपालिका, रौतहट

कान्ती देवी, उपप्रमुख– फतुवाविजयपुर नगरपालिका, रौतहट

सीमलाल साह, उपप्रमुख– माधव नारायण नगरपालिका, रौतहट

गीतादेवी शाह, उपप्रमुख– युमनामाई गाउँपालिका, रौतहट

समतीलाल दास ताती, सदस्य– लहान नगरपालिका सिरहा

शेष फारुक, अध्यक्ष– सम्सी गाउँपालिका, महोत्तरी

सुरेश कुमार थावा, वडाध्यक्ष– चम्पादेवी गाउँपालिका–१ ओखलढुंगा

भागिरथी विष्ट, वडाध्यक्ष– गौरीगञ्ज नगरपालिका–४, कैलाली

शर्मानन्द भट्ट, वडाध्यक्ष– गोदावरी नगरपालिका–१ कैलाली

पुरन विसी, वडाध्यक्ष– बर्दगोरिया नगरपालिका–४, कैलाली

छायाँ देवकोटा, उपप्रमुख– भजनी नगरपालिका, कैलाली

७ असार २०७८, सोमवार १८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु