कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४ औँ महाधिवेशनको कार्य तालिकाका विषयमा छलफल गर्ने

३ असार, काठमाडौं । बिहीवार (आज) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

आजको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेरको विषयमा भएको प्रस्तावित कार्यतालिका अनुमोदन गर्ने कार्यतालिका रहेको छ ।

गत जेठ २९ गते बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीका आसन्न महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णय केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गर्नका लागि आजको बैठक आह्वान गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

‘आजको बैठकमा मुख्यमत २९ गतेको पदाधिकारी बैठकबाट प्रस्तावित महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्ने कुरा छ । साथै आजको बैठकमा वर्तमान राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल हुने कार्यक्रम तय भएको छ ।’ कांग्रेस मुख्यसचिव पौडेलले  भने ।

बैठकको निर्णय अनुसार आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने प्रस्ताव भएको थियो ।

यसअघि भदौ ७ गतेदेखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तोकिए पनि क्रियाशील सदस्यता इन्ट्रीको कारण महाधिवेशनको मिति पर सारिएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ ।

३ असार २०७८, बिहीवार ११:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु