ओलीतन्त्रमा राजनीतिक दलहरू पनि समाप्त हुने भए : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरु पनि समाप्त हुने बताएका छन् ।

उनले निर्वाचन आयोगलाई निरंकुश शासकको छायाँमुनि टाक्सिएको भन्दै गम्भीर टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले निर्वाचन आयोगको भूमिकाप्रति आलोचना गरेका हुन् ।

उनले आयोगले नेकपापछि आफ्नो पार्टी जसपालाई पनि हात्ती र हात्तीछाप चप्पल उस्तैउत्सै हो भन्ने सिद्धान्त प्रयोग गरेको बताएका छन् । आयोगले जसपालाई नष्ट गर्ने प्रयास गरेको उनको भनाई छ । उनले प्रतिगमनको रथ त्यत्तिकै रोकिने छाँटकाँट नभएको पनि बताएका छन् ।

उनले लेखेका छन्“ओलीतन्त्रमा संविधान,लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्त हुने भए।निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि’हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ।प्रतिगमनको रथ त्यतिकै रोकिने छॉटकॉट छैन है”

३१ जेठ २०७८, सोमवार ०८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु