गण्डकी प्रदेशसभा विघटनको प्रयास

विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालयमा

२९ जेठ, पोखरा । गण्डकी प्रदेशसभा विघटनको प्रयास भएको छ ।

प्रदेश सभामा विश्वास गुमाएका पृथ्वीसुब्बा गुरुङको पनि मुख्यमन्त्रीमा दाबी परेको छ । विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी पेश गरेका छन् ।

दुबैको दाबी नपुग्ने भन्दै प्रदेश प्रमुखले घोषणा गर्ने आशंका छ । यसो भएको खण्डमा पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा विघटन गर्ने र मध्यावधिको चुनावको मिति सिफारिस गर्नेछन् । र सोही अनुसार प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्नेछिन् ।

यहि बुझेर गण्डकी प्रदेशसभा विघटनको प्रयास रोक्न विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।

गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको भन्दै विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आपत्ति जनाएका छन् ।

२९ जेठ २०७८, शनिवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु