गण्डकी प्रदेशमा पोखरेल नेतृत्वको सरकार, मुख्यमन्त्रीसहित ३ मन्त्रीको सपथ तयारी

गण्डकी प्रदेशमा बहुमतसहित विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी पेश गरिसकेको छ ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाए पछि शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाको समर्थनमा कृष्णचन्द्र पोखरेलले दाबी पेश गरेका थिए ।

सशरीर प्रदेश प्रमुखको कार्यालयमा सांसदहरु पुगेर नयाँ सरकारको दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख सीता पौडेलले आज ३ बजेभित्र बोलाउने भन्दै उनीहरुलाई फिर्ता पठाएकी थिइन् ।

आज ३ बजेसम्म दाबी पेग गर्न भनिएको भए पनि विपक्षी गठबन्धनले हिजो नै बहुमतका साथ दाबी पेश गरेको थियो ।

तर मुख्यमन्त्री नियुक्तबारे अहिलेसम्म कुनै सूचना नआएको एक सांसदले बताए। ‘३ बजेसम्म हेरौ, ती सांसदले भने, -बहुमतलाई कुल्चेर संविधान विपरित जाने प्रायस हुँदैन होला।’

विपक्षीले समयमै दाबी पेश गरे पनि प्रदेश प्रमुखले नियुक्तिमा विलम्ब गर्दा विपक्षी गठबन्धन झस्केका छन् ।

‘प्रदेश प्रमुख विरामी हुनु भयो भन्ने हल्ला पनि चलेका छन्’, माओवादी केन्द्रका एक नेताले भने, ‘प्रदेश प्रमुखको कार्यालय पनि सुनसान छ। संविधान मिच्ने काम नहोस् । ‘

मुख्यमन्त्रीसहित ३ मन्त्रीको सपथ तयारी

कांग्रेससहितको गठबन्धन आज मुख्यमन्त्रीसहित ३ जना मन्त्रीलाई सपथ गराउने तयारीमा छ।

जसमा माओवादी केन्द्रका १ र जसपाका १ जना रहने जनाइएको छ।

माओवादीबाट दीपक कोइराला या रामजी बरालमध्ये एक जनाले सपथ लिने छन् भने जसपाबाट हरिशरण आचार्य मन्त्री बन्ने निश्चित छ।

उनीहरुको मन्त्रालयबारे भने कुनै टुंगो लागेको छैन।

२९ जेठ २०७८, शनिवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु