बोली चिप्लँदा मन्त्री पद गुमाएका शेरबहादुर तामाङको सरकारमा पुनः इन्ट्री

एमालेले शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) मन्त्रालय हेरफेर गर्दैछन् । एमालेका कार्यलय सचिवसमेत रहेका उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
“चुनौतीपूर्ण समयमा गम्भीर जिम्मेवारी पाएको छु । अहिलेसम्म स्वास्थ्य मन्त्रालयको टुंगो लागेको छ,” उनले भने, “ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु ।”
यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उनी बोली चिप्लँदा विवादमा परेर बहिर्गमित भएका थिए । उनीसँगै रघुवीर महासेठ दोहोर्याएर ओली नेतृत्वका सरकारमा सहभागी हुन लागेका हुन् ।
योसँगै एमालेका ईश्वर पोखरेललगायत नेताहरू बहिर्गमित हुने सूचीमा परेका छन् ।
मन्त्रिपरिषद् हेरफेरसँगै जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । जसपाबाट राजेन्द्र महतोले उप्रधानमन्त्री र १० मन्त्रालयसहित सरकारको नेतृत्व गर्नेछन् ।
२१ जेठ २०७८, शुक्रवार १९:०७ बजे प्रकाशित