मन्त्री-राज्यमन्त्रीका लागि १० जनाको नाम टिपाएर बालुवाटारबाट बाहिरिए महन्थ र महतो

२१ जेठ, काठमाडौं ।  मन्त्री र राज्यमन्त्रीका लागि १० जनाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिपाएर जनता समाजवादी पार्टीका नेताहरू बालुवाटारबाट बाहिरिएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झासहितका नेताहरू दिउँसो १ बजेदेखि बालुवाटारमा थिए ।

तीन घण्टा लामो छलफलपछि मन्त्रालय र मन्त्रीको नामसहितको सूची प्रधानमन्त्री ओलीलाई बुझाइएको जसपाका एक नेताले बताए ।

आज साँझ ६ बजे शपथ गराउने तयारी गरिएको भएको ती नेताले बताए ।

२१ जेठ २०७८, शुक्रवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु