लुम्बिनीका ४ मन्त्रीको मताधिकार रोक्न निवेदन

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आइतबार मतदाता सूची सच्याएर अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई मतदानको अधिकार दिएपछि निर्वाचन आयोगमा निवेदन परेको छ ।

विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे आयोगमा निवेदन दिएका हुन् ।

यता मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले भने आफुलाई रोक्न भन्ने आदेश नआउदा सम्म कसैको पनि मतदान नरोकिने बताए । उनले भने -म आफ्नो तरिकाले चल्छु, मलाई अदालत वा निर्वाचन आयोगले रोक नभनेसम्म रोकिदैन ।

प्रदेश निर्वाचन आयोगका सुचना अधिकारी गेहेन्द्र कुवरले ४ मन्त्रीलाई मतदान नगराउननिवेदन परेको जानकारी गराउदै अहिलेसम्म मन्त्रीहरुले मतदान नगरेको जनाए ।

अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न नदिन विपक्षी चार दलले माग गरेका छन् ।

मतदान हुनुभन्दा १६ घण्टा अगाडि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकारको अधिकार दिएपछि विपक्षी दलहरूले यो निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् ।

१७ जेठ २०७८, सोमवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु