सुदूरपश्चिम प्रदेशमा एमालेले माओवादीलाई दिएको समर्थन फिर्ता नलिने

सुदूरपश्चिम प्रदेशमा एमालेले माओवादीलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

सोमबार एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

केही बेरअघि सकिएको प्रदेश संसदीय दलको बैठकले त्यसको विपक्षमा निर्णय गरेको हो ।

अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको सांसद अमर साउदले जानकारी दिए ।

१२ जेठ २०७८, बुधवार १३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु