गृहमन्त्रीबाट राजिनामा दिने बादलको तयारी

राम बहादुर थापा  बादलले गृहमन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् ।

निर्वाचनमा पराजित भए बादल ४ महिनामा अनिवार्य मन्त्रीबाट मुक्त हुन्छन् । संविधानको धारा ७८ उपधारा १ अनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति बढीमा ६ महिना मात्र मन्त्री हुन पाउने व्यवस्था छ ।

शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता लिन नसके उक्त स्थान स्वत रिक्त हुन्छ । करिब ७ महिनादेखि बिना विभागिए मन्त्री बनाईएका महासचिव ईश्वर पोख्रेल चुनावबाट बादललाई पाखा लगाएर गृह मन्त्री बन्ने तयारी रहेको विश्लेषकहरुको भनाई छ ।

बादल भन्दा खिमलाल देबकोटा नै खाटी एमाले र विज्ञ भएको पोखरेल र उनी निकटकाको भित्री निष्कर्ष छ । माधव समुहका डा. खिमलाल देवकोटालाई काँग्रेस, माओवादी, एमाले माधव समुह, जसपा उपेन्द्र यादव समुहले साझा उम्मेद्धारको रुपमा उभ्याएकाछन् । पोखरेल निकट स्रोतका अनुसार पोखरेल र नेम्वांगको कोपभाजनमा बादल बिरुद्ध भित्र भित्र योजना छ ।

उसोत बामदेबलाई बर्दियामा नहराएको वर्तमान प्रधानमन्त्री ओली उहिलै पदच्युत हुँथे भन्ने नजिर पनि स्थापित छ । ओलीको काउण्टरमा उभिने पात्र बामदेबलाई बेलैमा राजनीतिक बली दिएको नजिर कायमै रहेको बेला बादललाई यो चुनाव निकै भारी पर्ने विश्लेषकहरु बताउँछन् । माओवादी छाडेर एमाले प्रवेश गरेर भाग खान आएका बादललाई बेदी चढाउनु पर्ने पोखरेलको भित्री मन्त्रणा रहेको विश्लेषण गर्न थालिएको ।

एमालेको बालुवाटारमा बसेको स्थायी समितिको बैठकले उम्मेद्धार उठाउने निर्णय गरे लगत्तै उनी सिम्रिक एयरको हेलिकप्टर मार्फत हेटौडा पुगेर उम्मेद्धारी मनोनयन दर्ता गराएका हुन् ।

७४ सालमा माओवादी बाट निर्वाचित बादल एमालेमा गएपछि उनलाई पार्टीले कार्बाही गर्दा उनको पद रिक्त भएको थियो ।

६ जेठ २०७८, बिहीवार १२:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु