एमाले पार्टी छिन्नभिन्न भो, हामी स्तब्ध भएका छौं : माधव नेपाल
नेकपा एमालेको माधवकुमार नेपालले पार्टीलाई एकतावद्ध राख्ने सबै प्रयासहरु असफल भएको बताएका छन् । अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उनले बताए ।
माधव पक्षका सांसद झपट रावलले अब एमाले एकता सकिएको प्रतिक्रिया दिए।
उनले ओलीको चाहनामा एमाले छिन्नभिन्न भएको पनि बताए। रावलले भने, ‘हामी सबै पार्टी एकताको लागि प्रयत्नमा थियौं।
केपी ओलीबाट पार्टी एकताका लागि पहल भएन। एकताभन्दा भाँड्ने काम भयो। पार्टीलाई छिन्नभिन्न पार्ने काम भएकाले अब दुखका साथ भन्नुपर्छ सबै प्रयास असफल भए। अब सकियो।’
२७ वैशाख २०७८, सोमवार ११:११ बजे प्रकाशित