देउवालाई भेटेपछि माधव नेपाल सिधै राष्ट्रपति भवनमा

नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् ।

नेपाल पक्षलेका सांसदको सामुहिक राजिनामाको तयारी भइरहेको बेला उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओलीले विश्वासको मतको लागि संसद बोलाइसकेको अवस्थामा त्यसअघिनै देउवालाई अविश्वास प्रस्ताव ल्याउन र ओलीविरुद्ध बहुमत पुर्याउन जति सांसदले राजिनामा दिनुपर्ने हो त्यति संख्या पुर्याउने आश्वासन नेपालले दिएका छन् ।

एमाले मिलाउनका लागि ओलीलाई दबाब दिलाउन नेपाल राष्ट्रपति भवन गएको बताइएको छ ।

२३ वैशाख २०७८, बिहीवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु