राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा, संकटकाल लगाउनेबारे छलफल
नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ ।
बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।
संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरूसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बताइएको छ ।
छलफलमा स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल हुने पनि स्रोतले बताएको छ ।
२३ वैशाख २०७८, बिहीवार ११:५९ बजे प्रकाशित





