राष्ट्रपतिलाई भेट्न सितलनिवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई पहिलो पटक भेटेका हुन ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेका थिए।

त्यस क्रममा राष्ट्रपति र प्रधानमन्त्रीबीच झन्डै डेढ घण्टा लामो कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उनीहरूबीच अब के कसरी संसद् बैठक सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद् विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरेकी थिइन्। त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले विघटन बदर गर्दै संसद् पुनर्स्थापना गरेको हो।

१४ फागुन २०७७, शुक्रवार ०९:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु