युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीन वटा उजुरी दर्ता

संघीय संसद सुनुवाई समितिमा युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीन वटा उजुरी परेको छ । खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदुत हुन् ।
त्यसैगरी, बेलायतका लागि प्रस्तवित राजदूत लोकदर्शन रेग्मी विरुघ एउटा उजुरी परेको छ ।
सोमबार सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ । तर, उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।
उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कार्तिक १७ गते छलफलमा आउन आव्हान गर्ने निर्णय भएको समितिले जनाएको छ ।
३ कात्तिक २०७७, सोमवार १४:३१ बजे प्रकाशित