शर्शत वार्तामा आउन विप्लव समुह तयार

शर्शत वार्तामा आउन विप्लव समुह तयार भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरे लगत्तै विप्लव समुहले शर्शत वार्तामा आउन विप्लव समुह तयार भएको प्रतिक्रिया दिएको छ ।

शुक्रबार मानवअधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका थिए ।

सरकारले लिखित पत्र पठाए वार्ता बस्ने वार्तामा बस्न सकिने स्थायी कमिटीका एक सदस्यले बताए ।

यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्‍यो’, पत्र पठाएन,’ उनले भने, ‘सरकार पनि इमानदार भएर आउनुपर्छ ।’ सो समूहले पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नबस्ने भन्दै शर्त राख्दै आएको छ ।

विप्लवलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको अपिल

१६ असोज २०७७, शुक्रवार २२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु