माधव नेपालको प्रस्ताव : एउटा नेताले अर्कोलाई घोचपेच र खिसिट्युरी नगरौं

स्थायी कमिटीमा १७ बुँदे टिप्पणी

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेताहरूबीच हार्दिकतापूर्ण सम्बन्ध नभएकोमा चित्त दुखाएका छन् ।

शुक्रवार बसेको स्थायी कमिटी बैठकमा १७ बुँदे टिप्पणी गर्दै नेता नेपालले पार्टीका नेताहरूबीच हार्दिकताको सम्बन्ध हुनुपर्ने र एकले अर्काको कुरा नकाट्ने वातावरण हुनुपर्ने बताएका हुन् ।

प्राप्त १७ बुँदे टिप्पणीमा उनले १५ नम्बर नेताहरूबीच हार्दिक र कमरेडेली सम्बन्ध हुनुपर्ने उल्लेख गरेका हुन् ।

‘उनी पनि सहकर्मी तथा कार्यकर्तालाई घोचपेच, खिसिट्युरी, अपमान तथा सार्वजनिक बेइज्जत गर्नुहुँदैन’ उनले उल्लेख गरेका छन्, ‘कुनै पनि समकक्षी नेताका बारेमा भेट्न जाने अरू नेताहरूले खिसिट्युरी गर्ने र उडाउने काम गर्नुहुँदैन ।’

२६ भदौ २०७७, शुक्रवार २१:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु