नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते, बामदेवबारे थप छलफल हुने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए ।
स्थायी कमिटीको पूर्वनिर्धारित बैठक १३ साउनमा स्थगित भएको थियो ।
सोमबार बिहान बालुवाटारमा भएको पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सो बैठक बोलाउने सहमति गरिएको हो।
दुई अध्यक्षबीच आइतबार हुने भनिएको भेट आज सोमबार भएको हो।
शनिबार प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।
सो भेटमा प्रचण्डले पौडेल नेतृत्वको छ(सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टी सञ्चालनमा कार्यकारी अध्यक्षको भूमिका प्रष्ट नपारिएको बताएका थिए।
२२ भदौ २०७७, सोमवार १०:५९ बजे प्रकाशित





