१२ वर्षदेखि सडकका लागि संघर्ष

जाजरकोट । खगेनकोट–५ का मानहादुर खत्री दुई दशकअघि नेपालगन्ज गएर घ्यू बिक्री गर्थे । त्यही रकमले ढिके नुन खरिद गरी घर फर्कन्थे । यो सबैथोक गर्न उनलाई दुई महिनाको समय लाग्थ्यो ।  यातायात सुविधा नभएका कारण यहाँका स्थानीयवासी प्रत्येक ६ महिनामा कपडा, भाँडा, अनि नुनका लागि हिँडेर नेपालगन्जसम्म पुग्ने गर्दथे । अहिले आफ्नो घर नजिकै भएर यातायातका साधन गुड्दा यहाँका स्थानीयवासी निकै खुसी देखिन्छन् । उनीहरुले थुप्रै लाभ लिएका छन् । आफूले उत्पादन गरेको तरकारी, जडीबुटी, घ्यू बजारसम्म समयमै पु¥याउन सकेका छन् । बजारमा पाइने आवश्यक वस्तु आफूले सजिलै प्रयोग समेत पाएका छन् ।  छिन्चु– जाजरकोट सडक खण्डको १०७ किलोमिटर निर्माण कार्य पूरा भइसकेको छ । जाजरकोटको पासागाडदेखि डोल्पाको दुनैसम्मको ११८ किलोमिटर सडक अहिले नेपाली सेनाले निर्माण गरिरहेको छ । करिब ७३ किलोमिटर सडकमा यातायात सञ्चालनमा छ ।
जाजरकोट खण्डको सडक निर्माण कार्य पूरा गरी रुकुमको गोतामकोट छरेबगरसम्म यातायात सञ्चालनमा आएको छ । डोल्पाको त्रिवेणीसम्म असारसम्म यातायात सञ्चालनमा आउने नेपाली सेनाका निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । नेपाली सेनाले यो सडकखण्डमा विगत १० वर्षदेखि नियमितरुपमा स्थानीय बासिन्दासँग मिलेर सडक निर्माण गरिरहेको छ ।  राष्ट्रिय महत्वको सडक भए पनि सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा निर्माण कार्य तिब्र गतिमा जान नसकेको पूर्व शान्ति मन्त्री सत्या पहाडीको गुनासो छ । उक्त सडकलाई पर्याप्त बजेट सरकारले विनियोजन गरेमा भेरी करिडोर सडकको विकास, विस्तारसँगै चीनसँग जोड्ने मुख्य नाका खोलिँदा विकासमा थप टेवा पुग्ने पहाडीको भनाइ छ ।

९ जेठ २०७३, आइतवार १५:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु