किराना र खाद्यान्न पसल दिनभर खोल्न दिने निर्णय

१४ असार, काठमाडौं । मंगलबारदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् ।

यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।

सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । ललितपुर सीडीओ ढुण्डीप्रसाद निरौलाका अनुसार सर्तसहित पसलहरु संचालन गर्न अनुमति दिने निर्णय भएको हो ।

निषेधाज्ञा थप एकसाता लम्बिएको छ ।

१४ असार २०७८, सोमवार १३:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु