सिन्धुली क्याम्पसका प्राध्यापकहरू आन्दोलीत
सिन्धुली, २३ चैत । सिन्धुलीको बहुमुखी क्याम्पस, ढुङ्ग्रेवास, सिन्धुलीका सञ्चालक समितिले विधान विपरीत प्राध्यापक रकर्मचारीहरूको सेवा सुविधा कटौती गरेको भन्दै प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेश राज शर्माको अध्यक्षतामा ०७२ चैत २० गते बसेको बैठकको निर्णयले विद्यानविपरीत कार्यालय सहयोगी भीमबहादुर श्रेष्ठको उपदानको कटौती गरेको र बाँकी कार्यरत प्राध्यापक तथा कर्मचारीहरूलाई पनि विद्यान विपरीत सेवा सुविधा कटौती गर्ने आशयको निर्णय गरेको भन्दै प्राध्यापकहरू आन्दोलनमा उत्रिएकाहुन् ।
पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल सिन्धुली एकाई कमिटी अध्यक्ष टीकाबहादुर थापा द्वारा जारी विज्ञप्तीमा क्याम्पस प्रमुख मिन प्रसाद घिमिरेले क्याम्पस विद्यान विपरीत गरेको निर्णयमा चित्तन बुझे प्रक्रियामा जान भनि दिएको अभिव्यक्ति प्रति घोर आपत्ति जनाइएको छ ।
प्राध्यापकहरू कार्यालय सहयोगी भीमबहादुर श्रेष्ठले क्याम्पस विधान अनुसार प्राप्त गर्ने सेवा सुविधा तथा उपदानमा गरेको कटौती तत्काल खारेज गर्नुपर्ने, क्याम्पसले नागरिक लगानी कोष, सञ्चय कोष, कर्मचारी कल्याण कोष र विरामी विदाको सम्पूर्ण रकम चैत मसान्त भित्र उपलब्ध गराउनुपर्ने, शिक्षक र कर्मचारी सेवा सुविधा सम्बन्धी निर्णय गर्दा सञ्चालक समितिले शिक्षक कर्मचारी बीच सहमति कायम गर्नुपर्ने, विविध खोजमुलक र अतिरिक्त कार्यमा संलग्न प्राध्यापक तथा कर्मचारीहरूको बाँकी रहेको पारिश्रमिक तथा विदा मिलान रकम भुक्तानी गरिनुपर्ने माग राख्दै आन्दोलन माउत्रिएका छन् ।
–रुद्र खड्का
२३ चैत २०७२, मंगलवार १५:५४ बजे प्रकाशित