दलिय पत्रकार र प्रभुको आर्शिवाद
रघुनाथ बजगाँई, फागुन । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं कर्णालीका एक जना बरिष्ठ पत्रकारलाई सामान्य टेलिफोन कुराकानीमा सोधेँ महासंघको चुनाव कत्तिको लागेको छ ? उनले जवाफ दिए “ यसपाली खास ब्यक्तिगत रुपमा छोएको छैन् । माथी पुगीसकेको मान्छे जिल्लामा दोहोरिने कुरा भएन, माथी प्रभुले दिए हो ..हा हा के गर्ने सिधै कुरा गर्दा यस्तै छ ।” त्यै त साना देखी ठुला सम्म सबै प्रभुको शरणमा है, ठट्टयौली पारामा गरेको अर्को जिज्ञासामा उनको जवाफ थियो ः देश चलाउने देखि शेष जलाउने सम्म यस्तै छ । नेपाल पत्रकार महासंघ भित्रको लोकतान्त्रिक पद्धतीले गर्दै आएको नेतृत्व छनौट कसरी हुँदो भन्ने भन्ने मात्रै भाव थिएन ति पत्रकारले बोलेका शब्दहरुको । प्रभु शब्दले के लाई शंकेत गर्यो ?
नेपालमा प्रभु शब्दको प्रयोग निक्कै हुन्छ, बिशेषत राजनितिमा । भारतको नेपाललाई आफु अनुकुल उपयोग गर्ने नेपाल नितिका विरुद्ध आवाज उठाउँदा धेरैले यहि भन्छन् । आफु अनुकुल राजनिति अघि नबढ्दा पनि प्रभुले गर्दा विदेशी हीतक्षेप बढ्यो भन्नेहरु जो कोही राजनितिक नेतृत्व पनि त्यही आरोपबाट अलग छैनन् । नेपालमा सरकार गठन देखि कर्मचारीको उच्च ओहोदामा पनि भारितय चलखेल र हस्तक्षेप चलिरहेको तथ्य बिभिन्न सञ्चारमाध्यमबाट सम्प्रेसित समाचार र लेख रचनाले आमनागरिक सामु पस्किरहेको छ । यहि फागुन ३ गते अन्नपुर्ण राष्ट्रिय दैनिकमा प्रकाशित केशव प्रसाद भट्टराईको ‘पत्रकारहरुमा राष्ट्र चिन्तन ’ शिर्षकको लेखमा भूराजनितिक सीमाले भारत र चीन संगको सम्वन्धमा नेपाललाई निरपेक्ष सन्तुलनको स्तिथिमा बस्न नदिने तर सिद्धान्ततः सन्तुलनको त्यस्तो घोषित नीतिलाई पुष्टि गर्ने न्युनतम नीतिगत संरचना विकास गर्न पनि नेपाल असफल भैरहेको उल्लेछ । भट्टराईले लेखेका छन् ‘त्यसबारे सिमित प्रयास मात्रै गर्दा पनि नेपालको राज्य ब्यवस्था नै परिवर्तन हुन पुग्छ ।’
उसो त सडक देखि सदनसम्म पनि प्रभुको इसारा र आशिर्वाद बिना कुनै पदमा पुग्न सकिंदैन भन्ने दास मानसिकता नेपाली नेतृत्वमा गढेकैले नेपालको परराष्ट्र नीति सन्तुलित बन्न नसकेको टिप्प्णीहरु सुनिन्छ ।
छिमेकी भारतले नेपाली नेताका छोराछोरीलाई आफ्नो देशमा छात्रवृत्ती दिएर होस वा नेताहरुलाई मासिक भत्ता वा सबै खाले सेवा÷सुविधा दिँदै आफ्नो इसारामा चलाएको जनप्रतिनिधिहरु र कुटनितिज्ञहरुकै तर्कणाहरु छताछुल्ल भैरहेकै छन् । नेपालको समग्रनीति मै हस्तक्षेप गर्ने प्रभु स्वतन्त्र नेपालको प्रेसमा पनि हावी छ की ! तिनका दासी ठेकेदारहरुले सिको गरेका हुन ?
पत्रकार महासंघलाई पनि दलिय कार्यकर्तारुपी पत्रकाहरुको संगठन हो भनिरहनु पर्दैन । जसरी राजनितिक नेतृत्वले विदेशी हस्तक्षेप निम्ताएका छन् त्यसरी नै स्वमं पत्रकारहरुले मिडियामा राजनितिक हस्तक्षेप भित्र्याएका हुन् । संगठित हुन पाउने अधिकारको प्रयोगका नाममा राजनितिक आस्थाका आधारमा दलगत पत्रकारहरुका संगठन खोलीएका छन् । कुनैपनि दलको भातृ संगठनले पार्टीको अहित हुनेगरी सार्वजनिक रुपमा केही बोल्न र लेख्न सक्तैन । अनि कसरी दलिय पत्रकारहरुबाट निश्पक्ष समाचार सम्प्रेषण हुन्छ भनेर विश्वास गर्ने ? यसको अर्थ सबै पत्रकारहरु दलिय झुण्ड बोकेर हिँडेका छन् भन्न खोजेको होईन । आस्था भएपनि दर्शक,श्रोता र पाठकको न्याय खोज्नेहरु पनि प्रसस्तै छन् । तर दलगत, दलभित्रको पनि गुटगत वा ब्यक्तिको ढोँगीकारिता गर्ने पत्रकारहरुको भिडमा सुसुप्त देखिछन् ।
केही समयअघि सम्पन्न सामुदायिक रेडियो प्रसारक संघ अकोरावको चुनावका बेला कांग्रेस र माओवादी केन्द्रको एउटा प्यानल र एमाले सहितका अन्य दल निकटका पत्रकारहरुको एउटा प्यानल चुनावी मैदानमा उत्रीएका बेला माओवादी निकटका पत्रकारहरुले महासंघको चुनावलाई हेरेर एमाले प्यानललाई सहयोग गर्नुपर्छ भने रे भनेर समाचारहरु सम्प्रेषण भएका थिए । यसअघिका पत्रकार महासंघको चुनावलाई हेर्दा पनि उच्च पदमा निर्वाचित पदाधीकारीहरु कोही दलगत पार्टी कार्यालय, कोही नेताका निवास दौडधुप गरेका निर्लज्ज तस्विरहरु सामाजिक सञ्जाल र पत्रिकाका पाना र टेलिभिजनका स्कृन रंगिएका थिए । रेडियोहरुले फलानो पदाधरीकीलाई निवासमै वा कार्यलयमा बोलाएर फलानो नेताले यस्तो सुझाव दिए भनेर जनतालाई समाचार सुनाए । आशा गरौँ यसबर्ष त्यस्तो नदेखियोस ।
नेपाली बृहत शब्द कोशले सबैले आदर सम्मान गर्नुपर्ने व्यक्ति,मालिक, स्वामी, सर्वशक्ति सम्पन्न अधिकारी, अधिपति वा शासकलाई प्रभु भनेको छ । नेपाल पत्रकार महासंघको नेतृत्व गर्न चाहने पत्रकारहरुले मान्ने आन्तरिक प्रभु चाहीँ को हो ?
कर्णालीका पत्रकारले जस्तै तिनै प्रभुको आशमा कैयन पत्रकारहरुले कुकुरले मालिकको खाना हेरेर राल काढे झै काढिरहका होलान् । पत्रकारहरुको यस्तै दासी मनोवृति हटाएर ब्यक्तिको संगठनलाई अघि बढाउने योजना, नेतृत्व क्षमतालाई आधार मानेर लोकतान्त्रिक पद्धती अनुसार आगामी पत्रकार महासंघको नेतृत्व चुन्न आवश्यक छ । त्यसका लागि जिल्ला जिल्लामा जारी अधिवेशले स्वतन्त्र ब्यक्ति लाई केन्द्मा भोट खसाउनेगरी पठाओस ।
६ फागुन २०७३, शुक्रवार १६:१० बजे प्रकाशित





