प्रधानमन्त्री ओली र गान्धीबीच भेटवार्ता

काठमाडौँ, ११ फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भारतको विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका उपाध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवना भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । यस्तै सो पार्टीका नेता दिग्विजय सिंहले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नुभयो ।
यसैबीच प्रधानमन्त्री ओलीसँग हिजै भारतीय कम्युनिस्ट पार्टी९माक्र्सवादी०का नेता सीताराम योचुरी, जनता दल युनाइटेडका नेता शरद यादव, नागरिक समाजका अगुवा विजय प्रताप लगायतसँग पनि भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री ओली म¬ङ्गलबार बिहान गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यको अवलोकनका लागि त्यसतर्फ जानुहुनेछ ।

११ फागुन २०७२, मंगलवार ००:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु