मकवानपुरको हाँडीखोलामा विद्युतको ट्रान्सफर्मर पड्किँदा दुई जनाको मृत्यु
मकवानपुर, मंसिर २३ – मकवानपुरको हाँडीखोलामा विद्युतको ट्रान्सफर्मर पड्किँदा दुईजनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । बिहान साढे ५ बजेतिर ट्रान्सफर्मर पड्किँदा हाँडीखोला ४ बस्ने ठूलीमाया मोक्तान र त्यही ठाउँकी लगभग १६ वर्षकी शर्मिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हाई भोल्टेजका कारण ट्रान्सफर्मर पड्केको हुन सक्ने प्रहरीको अनुमान छ । घाइतेमध्ये ५ जनाको हेडौडा र अरुको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
२३ मंसिर २०७२, बुधवार ०४:४१ बजे प्रकाशित