थप ४५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो
काठमाडौं । नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ ।
२ असार २०७७, मंगलवार ०१:२३ बजे प्रकाशित













