इतिहासमा आज- अखिल भारतीय कंग्रेसद्वारा देश विभाजनको प्रस्ताव पारित

आज १५ जुन । सन् १९४७ मा नयाँ दिल्लीमा भएको अखिल भारतीय कंग्रेसको अधिवेशनले बेलायतको भारत विभाजनको योजनालाई स्वीकार गर्यो ।

यससँगै बेलायतबाट स्वतन्त्रता प्राप्तिसँगै भारत र पाकिस्तान नामका दुई देश अस्तित्वमा रहने तय भयो र विभाजन प्रक्रिया अघि बढ्यो ।

त्यसपछि ‘भारत स्वतन्त्र ऐन १९४७’ बेलायतको संसदबाट पारित भयो । १८ जुलाईमा यसले आधिकारीकता पायो । यो केवल दुई देशको मात्रै होइन लाखौँ घर–परिवार, सम्बन्ध र भावनाको विभाजन थियो । विभाजनपछि लाखौँ मानिस घरबारविहीन भए ।

हिन्दू-मुस्लिम धार्मिक हिंसाका कारण आगो सकिल्यो । लाखौँ मानिस पाकिस्तानबाट भारत र लाखौँ मानिस भारतबाट पाकिस्तानमा सरे ।

१४ अगस्ट १९४७ मा पाकिस्तान र १५ अगस्त १९४७ मा भारतले स्वतन्त्रता घोषणा गर्दै अलग–अलग देश निर्माण गरे । यसको २४ वर्षपछि २६ मार्च १९७१ मा पाकिस्तानबाट पूर्वी पाकिस्तान अलग भयो र बंगलादेश बन्यो ।

अन्य घटनाक्रम –

सन् १८९६– जापानमा विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीका कारण २२ हजार मानिसको मृत्यु ।

सन् १९८२– फकल्यान्डमा अर्जेन्टिनी सेना ब्रिटिस सेनासँग पराजित ।

सन् २००६– भारत र चीनबीच प्राचिन सिल्क रुट खोल्ने निर्णय ।

१ असार २०७७, सोमवार ०२:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु