नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन
नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन भएको छ ।
मतदान हुने बेला संसदमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । र, संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
त्यसअघि दफावार छलफलमा प्रमुख दलका शीर्ष नेताहरुले भाग लिएका थिए ।
सत्तारुढ नेकपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अधयक्ष प्रचण्डले संविधान संंशोधन गरेर नेपालले दुश्मनी चाहेको भन्ने अर्थ नलगाउन आग्रह गरे । कूटनीतिक र राजनीतिक सम्वादमार्फत यो समस्या सदाका लागि अन्त्य गर्न चाहेको उनले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय अखण्डताको मुद्दामा सरकारलाई सधैं समर्थन रहने बताए । राजपाका नेता राजेन्द्र महताले संविधानप्रतिको असन्तुष्टि थाती राखेर नक्सासम्बन्धी प्रस्तावलाई समर्थन गर्ने घोषणा गरे ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि संविधान संशोधन प्रस्तावको समर्थन गरे । सुगौली सन्धिभन्दा पछाडि हटेर महाकाली सन्धि गरिएको भन्दै उनले कांग्रेस र कम्युनिस्ट नेताहरुले माफी माग्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा बोल्ने सबै सांसदले संशोधनको पक्षमा मत राखेका छन् र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन अब गम्भीर पहल गर्नुपर्ने बताएका छन् ।
छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङफेले नेपालले आफ्नो भूमि फिर्ता लिएरै छोड्छ भन्ने भारतले थाहा पाउनुपर्ने बताइन् । संविधान संशोधनपछि नेपाल अब सप्रमाण वार्तामा बभन्दै उनले भनिन्, ‘सप्रमण बोल्ने र दाबी गर्ने नेपालीहरुको बानी छ । तत्थ्य र प्रमाणका साथ वार्तामा बस्छौं ।’
सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।
३१ जेठ २०७७, शनिवार १६:४९ बजे प्रकाशित





