कर्णालीमा ५५ जना कोरोना संक्रमण पुष्टि

कर्णालीमा बिहीबार थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ ।

कर्णालीका संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ भने ६० जना निको भएर घर फर्किसकेका छन् । बिहीबार मात्रै कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका ३१ जना निको भएर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।


यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् ।
उनीहरुसहित कर्णालीमा डिस्चार्ज हुनेहरुको संख्या ६० पुगेको हो ।
कुन जिल्लाका कति संक्रमित ?
कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ । हालसम्म सबैभन्दा धेरै दैलेखका ४३४ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमितको संख्या सल्यानमा १३७, सुर्खेतमा ११२, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, डोल्पा र हुम्लामा एकरएक रहेको छ ।
प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा भने हालसम्म कोरोना संक्रमण देखिएको छैन ।

२९ जेठ २०७७, बिहीवार १०:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु