पार्टीको निर्देशन मान्दिन, संशोधन फिर्ता लिन्नँ : सरिता गिरी

काठमाडौं । नवगठित जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको संविधान ९दोस्रो संशोधन०विधेयक, २०७७ माथि संशोधन प्रस्ताव फिर्ता नलिने अडान राखेकी छन् ।

उक्त संविधान संशोधन खारेजको संशोधन दर्ता गराएकी सांसद गिरीले आफ्नो अडानबाट पछि नहटने बताइन् ।

गिरीले बुधवार नै कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएपछि तत्कालीन समाजवादी पार्टीको संसदीय दलले विज्ञप्ति जारी गरी सांसद गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएको छ ।

दलले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिए पनि संसदमा आफूमाथि गाली बेइज्जती हुँदा पार्टीले कुनै प्रतिक्रिया नजनाएको भन्दै पार्टी निर्देशनबाट पछि नहड्ने उनले बताइन् ।

संशोधन फिर्ता नलिनेबारे नेताहरुलाई आफूले प्रस्ट भनिसकेको उनको भनाइ छ । सरकारी विधेयकमा तथ्य र प्रमाण नपुगेकाले संशोधन गर्नुपरेको गिरीको तर्क छ ।

तर, पछिल्लो अभिव्यक्ति र कदमले गिरीमाथि कारबाही गर्न चौतर्फी दबाब बढेको छ ।

२९ जेठ २०७७, बिहीवार ०२:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु