लकडाउन सरलीकरणबारे आजै निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले लकडाउनले कठिन बनाएको सामाजिक जीवन सहज तुल्याउने गरी निर्णय हुने जानकारी दिए ।


कोभिड १९ संक्रमण परीक्षण गर्न निजी क्षेत्रलाई दिनेरनदिने विषयमा पनि आजै निर्णय हुने बताए । विद्यार्थीको पठन(पाठन सञ्चालन र परीक्षाको विषयमा पनि ठोस निर्णय हुने बताए ।

भारतलगायतका देशबाट फर्काउने पर्ने अवस्थामा रहेका नेपालीलाई क्रमशः ल्याउने व्यवस्था गरिने प्रधानमन्त्रीले जानकारी दिए । विनियोजन विधेयकमाथिका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गरेका हुन ।

२८ जेठ २०७७, बुधवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु