कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ ।

भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान ७ बजे मृत्यु भएको रातोपाटीलाई बताएका छन् ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं ६ का ४१ बर्षका पुरुष हुन् ।

शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो ।गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखीएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

८ जेठ २०७७, बिहीवार ०३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु