कश्मीरमा भिडन्त, अफिसरसहित ५ सुरक्षाकर्मीको मृत्यु

कश्मीरमा भिडन्त, अफिसरसहित ५ सुरक्षाकर्मीको मृत्यु

काठमाडों । भारतको कश्मीरमा ५ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको उत्तरी कश्मीरको हन्दवाडामा भएको भिडन्तमा सेनाका कर्णेलसहित ५ जनासुरक्षाकर्मीको मृत्यु भएको हो ।

उक्त क्षेत्रमा शनिवारदेखि भिडन्त भएको थियो । आतंकवादी समूहसँग भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ्ग अफिसर आशुतोष शर्माको पनि मृत्यु भएको भारतिय मिडियाले जनाएका छन् ।

उक्त भिडन्तमा २ जना आतंकवादीको पनि मृत्यु भएको जनाइएको छ । मानिसहरुलाई एक घरमा बन्धन बनाएको थाहा पाएपछि त्यहाँ सुरक्षाकर्मी पुगेको थियो । उक्त क्षेत्रमा मानिसहरुको उद्धारको क्रममा भिडन्त भएको जनाइएको छ ।

२१ वैशाख २०७७, आइतवार ०५:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु