कोरोना भाइरस : भारतमा ६८० बढीको मृत्यु, सङ्क्रमित २१ हजार नाघ्यो
भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङख्या २१ हजार ७ सय पुगेको छ। कोभिड(१९ का कारण ६ सय ८६ जनाले ज्यान गुमाएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४३ सयभन्दा बढी मानिस सङ्क्रमणबाट निको भएका छन्।
पछिल्लो २४ घण्टामा १४ सय वटा नयाँ सङ्क्रमणका घटना देखा परेका छन् र ३४ जनाको मृत्यु भएको छ।
थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि कोभिड १९ भएका बिरामीलाई घोप्टो पार्दा कसरी ज्यान जोगिन सक्छ महाराष्ट्र बढी प्रभावित भारतमा कोरोनाभाइरसको सङ्क्रमण बढी देखिएको राज्य महाराष्ट्र रहेको छ। त्यहाँ अढाइ सय भन्दा बढीको ज्यान गएको छ भने ५ हजार ६०० भन्दा बढी सङ्क्रमित भएका छन्।
१२ वैशाख २०७७, शुक्रवार ००:२० बजे प्रकाशित













