नेविसंघद्वारा आज सरकारविरुद्ध देशभर विरोध प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आज देशभर प्रदर्शन गर्ने भएको छ ।

विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको जनाकारी दिए ।

अध्यादेशविरुद्ध आज विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे ।

अध्यक्ष ढंगानाले सबै ठाउँमा ५ जना मात्र जम्मा भएर समाजिक दुरी कायम राख्दै लडाउनको नियम पालना गरी १० मिनेट प्याले कार्ड तथा कालो झण्डा बोेकेर मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न आग्रह पनि गरेका छन् ।

विपत्तीको क्षणलाई पनि केपी ओली सरकारले आफू निरंकुशतर्फ अग्रसर हुन उपयोग गर्नु आपत्तिजनक भएको नेविसंघको ठहर छ ।

११ वैशाख २०७७, बिहीवार २३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु