भोजपुरका १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार साँझ थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अधिकारीले जानकारी दिए।

यसअघि आजै जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा पनि कोरोना संक्तमण देखिएको थियो। त्यस्तै संक्रमितमध्ये ३ जना निको भएर घर फर्किएका छन्। बिहीबार साँझसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १० पुगेको छ।

११ वैशाख २०७७, बिहीवार २३:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु