राजपा फुटाउने ओलीको दिवास्वप्ना पूरा हुँदैन : महतो
८ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकले सोमबार पार्टी फुटाउने प्रावधान खुुकुलो बनाउन गरेको निर्णयबारे प्रतिक्रिया दिँदै महतोले भने, ‘राजपा वा समाजवादी पार्टी फुटाउने दिवास्वप्न कसैले देखेको छ भने त्यो पूरा हुँदैन ।’
सरकारको निर्णयले राजपा फुट्ने होइन, बरु समाजवादीसँग एकता गर्ने आधार बलियो भएको महतोको भनाइ छ ।
८ वैशाख २०७७, सोमवार १३:३८ बजे प्रकाशित












