पार्टी फुटाउन सहज हुने अध्यादेश राष्ट्रपतिबाट स्वीकृत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश २०७७ र संवैधानिक परिषद ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरिएको जनाएको छ ।

सोमबार दिउँसो मन्त्रिपरिषद बैठकले यी दुबै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिर गरेको थियो ।

यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो।

पार्टीका दुई अध्यक्षबीच चिसो बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍मा यस्तो प्रस्ताव लगेका हुन्।

८ वैशाख २०७७, सोमवार १३:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु