प्रचण्डले भने जस्तो छुट्टै संयन्त्र आवश्यक छैन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको बताएका छन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको बताएका हुन् ।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना विरुद्ध लड्न छुट्टै सर्वपक्षीय राजनीतिक संयन्त्र आवश्यक रहेको बताएका थिए । प्रचण्डको भने जस्तो छुट्टै संयन्त्र आवश्यक नरहेको नेकपाका अर्का अध्यक्षसमेत रहेका प्रम् ओलीले बताएका हुन् ।
प्रम ओलीले भने, ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौं ।’
प्रधामनन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताए ।
२९ चैत २०७६, शनिवार ११:१९ बजे प्रकाशित