सिमामा अलपत्र नेपालीहरुको उद्धार गर्न निर्देशन

काठमाडौं । अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ ।

सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । तर भारतबाट नेपालीहरु आउने क्रम रोकिएको छैन ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलकाअनुसार अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिइएको छ । साथै उनीहरुको सबै विवरण लिने र १४ दिन होम क्यारेन्टाइनमा बस्न भनिनेछ ।

१० चैत २०७६, सोमवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु