नेपाल विरुद्ध फेरी बोले सीके राउत- ‘नेपालगञ्ज’ नामप्रति गम्भीर आपति

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपालगन्ज नाम प्रती आपती जनाएका छन । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपालगन्ज नामप्रती आपत्ति जनाएका हुन ।

उनले फेसबुकमा लेखेका छन, ‘भूमि हमारी, जल, जमिन, जङ्गल हमारी, साधन–स्रोत हमारा, जनता हमारी, और नाम नेपालगञ्ज रु बाँके, बर्दिया, कैलाली, कञ्चनपुर कञ्चनपुर को तो नयाँ मुल्क कहा जाता है, और वह इसिलिए कि जिले सिर्फ डेढ सौं साल पहले ही नेपाल में जबरदस्ती जोड दिया गया । और आज वह भूमि नेपालगञ्ज हो गया ?’

देश विखण्डनको आपराधिक सोच परित्याग गरेर राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आएको दाबी गरिएका राउतले फेरि देशविरुद्ध अभिव्यक्ति दिएका हुन । राउतलाई नेपाल भन्ने नामसँग नै यति वैरभाव देखियो कि शहरको नाम नेपालगञ्ज राखेकोमा उनले चरम आक्रोश प्रकट गरेका छन् ।

बाँके जिल्लाको हाल नेपालगञ्ज भनिएको स्थानमा पहिले खासै मानवबस्ती थिएन । जंगबहादुर राणाको समयमा बाँकेमा बडाहाकिम रहेका लेफ्निेन्ट कर्णेल सिद्धिमान राजभण्डारीले नेपालगञ्ज नामाकरण गरी त्यहाँ बस्ती बसाएका थिए । राजभण्डारीको यही कामबाट प्रसन्न भएर जंगले वि।सं। १९१८ मा उनलाई कर्णेल बनाइदिएका थिए । सुगौली सन्धिका कारण गुमेको भूभागमध्ये बाँके र त्यसदेखि पश्चिमको केही भूभाग जंगबहादुरको कूटनीतिक प्रयासबाट वि।सं। १९१६ मा नेपालले फिर्ता पाएको थियो । नेपालको भूभाग नेपालले फिर्ता पाउनु स्वाभाविक पनि हो ।

तर, सीके राउतले नेपालगञ्ज नेपालको स्वामित्वमा नभएको र नहुनुपर्ने आशयको गम्भीर आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।
अमेरिकी सहयोग ‘एमसीसी अनुदान सम्झौता’लाई संसद्ले अनुमोदन गर्ने कि नगर्ने भन्ने बहस चलिरहेका बेला सीके राउतले नेपालविरुद्ध अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राउतलाई केही समय अघि प्रधानमन्त्री ओलीले नै एक कार्यक्रमकाबीच मुल धारको राजनीतिमा ल्याएको घोषणा गरेका थिए ।

८ फागुन २०७६, बिहीवार १५:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु