प्रचण्डले भने- एमसीसी पास गर्ने नगर्नेबारे आज भोलिमा निर्णय हुन्छ
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरशन एमसीसी सँगको सम्झौता छिट्टै अघि बढ्ने बताएका छन्।
पार्टी पंक्तिमा एमसीसीबारे स्पष्ट पार्नका लागि कार्यदल बनाइएको उल्लेख गर्दै उनले एमसीसी सम्झौता राष्ट्रको हितमा छ भन्ने सुनिश्चित गरेर अघि बढाइने बताए।
‘म प्रधानमन्त्री भएका बेला एमसीसीमार्फत ५५ अर्ब रुपैयाँ आउने भयो भन्दा खुसी भएको थिएँ, एमसीसी सम्झौता तत्कालै अनुमोदन गरेको भए मुलुकमा यो विवाद हुने पनि थिएन,’ दाहालले भने, ‘समयमै अनुमोदन नभएर विभिन्न कोणबाट विवाद हुँदा राम्रोसँग बुझेर मात्रै अघि बढाउन भनिएको हो।’
उनले इन्डो-प्यासिफिक रणनीति आईपीएस सँग सम्बन्ध, भारतसँग्को सहमति लिनुपर्नेलगायत सम्झौताका प्रावधानबारे प्रस्ट हुनका लागि अध्ययन गर्न लागिएको बताए ।
२९ माघ २०७६, बुधवार १६:०३ बजे प्रकाशित





