बजारमा चरम अभाव भएपछि आयल निगमद्धारा विश्वव्यापी बोलपत्र आह्वान

– रघुनाथ बजगाँई, काठमाण्डौँ ।
मन्त्रिपरिषद्बाट निर्णय भए अनुसार अहिलेको परिस्थिति सहज नबन्दासम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यास विश्व बजारबाट ल्याउन निगमले बोलपत्र आह्वान गरेको हो । कुनै पनि मुलुकबाट खरिद गरी जुनसुकै मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिने जनाईएको छ । निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने उद्देश्यले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल २००÷२०० किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्नेछ ।
यो परिमाणको पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले बोलपत्रमा सहभागी हुन सक्नेछ ।  विशेष परिस्थितिमा निगमलाई सोझै वार्ताबाट, प्रस्ताव लिएर, सहमतिबाट वा बोलपत्र आह्वान गरेर पेट्रोलियम पदार्थ खरिद सक्ने अधिकार छ । यही अधिकार प्रयोग गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

२१ असोज २०७२, बिहीवार १५:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु