आग्रामा प्रविधियुक्त शिक्षाका लागि फेसबुक अभियान

काठमाडौं, जेठ २३ । मकवानपुरको थाहा नगरपालिका ७ स्थित श्री सरस्वती माविलाई कम्युटर सहयोगार्थ फेसबुक अभियान सुरु भएको छ ।

तत्कालिन आग्रा गाउँ विकास समिति हालको थाहा सातमा अवस्थित यस बिद्यालयमा प्रविधियुक्त शिक्षाका लागि फेसबुक अभियान सुरु गरिएको हो ।

बिद्यालयका पुर्व बिद्यार्थीहरुले स्वतस्फुर्त रुपमा अभियान सुरु गरेका हुन् ।

अबको शिक्षा प्राबिधिक शिक्षा भन्ने उदेश्य राखेर फेसबुक ग्रुपमार्फत सहयोगका लागि आग्रह गरिएको छ ।

अबको शिक्षा विगतको भन्दा फरक होस, प्रबिधिमय होस, प्रयोगात्मक होस र उत्पादित शैक्षिक जनशक्तिले विश्व बजारमा प्रतिस्प्रधा गर्न सकुन भन्ने चाहना राखिएको अभियन्ताहरुले बताएका छन् ।

बिद्यालयलाइ तत्काल ४० देखि ५० वटा कम्प्युटरको आबश्यकता छ ।

२३ जेठ २०७५, बुधवार १२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु