निर्वाचन आयोगको सोमबार बसेको बैठकले निर्वाचन कार्यक्रम तालिका तय गरेको हो । आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम तह गरेको हो ।
जस अनुसार मंसिर १० गते चुनाव हुने क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । त्यस्तै २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ लाई तोकिएको छ ।
निर्वाचनको लागि पहिलो चरणका लागि २०७४ मंसिर १० गते आइतबार र दोस्रो चरणका लागि २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णयसमेत गरेको छ ।





