संविधान संसोधनको प्रक्रिया शुरु, एमालेको पनि समर्थन

काठमाडौँ, १२ फागुन । बिहीबार देखि संविधान संसोधनको प्रक्रिया शुरु भएको छ । बिहीबार बसेको व्यवस्थापिका संसदमा कानुनमन्त्री अजयशंकर नायकले नेपालको संविधान, दोस्रो संशोधन २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे । बिहीबार देखि नै संविधान संसोधनका बिषयमा छलफल शुरु भएको छ । संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदा एमालेले विरोध भने गरेन । यसअघि एमालेले छलफलमा भाग नलिने, मौन रुपमा प्रक्रियामा उपस्थित हुने निर्णय गरेको थियो ।

यसैबिच प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित ९ दलीय गठवन्धनले एक दिनका लागि संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल गर्न दिने घोषणा गरेको छ । संसदको बैठक सुरु भए लगत्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले विशेष समय लिएर संशोधन प्रस्ताव अघि नबढाउन आग्रह गर्दै एक दिन आफुहरु संसदमा मौन बस्ने बताए । सरकार र दलहरु चुनावमा केन्द्रीत हुनु पर्ने बेला संशोधन प्रस्ताव अघि बढाउँदा संसद र जनता विभाजित हुने भन्दै उपनेता नेम्वाङले सरकारको ध्यानाकर्षण पनि गराए ।

उनले संशोधन प्रस्ताव पास हुन नदिने आफूहरुको अविचलित अडान रहेको पनि बताए । सत्ता पक्षले नै संशोधन पास नभए मान्दैनौं भनेको उल्लेख गर्दै उनले त्यसपछि के हुने अनिश्चित रहेको बताए ।

१२ फागुन २०७३, बिहीवार १२:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु