स्वास्थ्यकर्मीको आन्दोलनले विरामीलाई मर्का

कैलाली, ११ फागुन । राज्यसँग पद अनुसार जिम्मेवारीको माग गर्दै कैलालीमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनले जिल्ला अस्पताल धनगढीमा उपचारका लागि विभिन्न गाविसबाट आएका विरामीलाई समस्या भएको छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण उपचार नभएपछि त्यत्तिकै घर फर्किनु परेको धनगढी स्याउलेकी सुनिता शाहीले बताईन् । स्वास्थ्य सेवा तथा अन्य कामकाज प्रभावित हुन नदिन आलोपालोको व्यवस्था गरिएको स्वास्थ्यकर्मीले बताएपनि विरामीले भने उपचार पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य सेवा ऐनको (दफा ९ख ) कार्यान्वयन गरी स्वेच्छिक अवकास योजनाको सूचना तत्काल प्रकाशित गर्नुपर्ने, स्वास्थ्य मन्त्रालय र ट्रेड युनियनहरु बीच विभिन्न मितिमा भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने जस्ता माग राखेर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् ।
धनगढी बाट पत्रकार लोकेश धामीको सहयोगमा

११ फागुन २०७३, बुधवार ०४:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु