कैदी वन्दीले गरे कारागारका खरिदारमाथि कारवाहीको माग
डडेल्धुरा, ९ फागुन । डडेल्धुराको जिल्ला कारागार शाखामा रहेका ४५ जना कैदी वन्दीहरुले कारागार शाखा डडेल्धुरामा कार्यरत खरिदार लक्ष्मी जोशीमाथि कारवाहीको माग गरेका छन् । कारागार शाखा मार्फत प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई लिखित पत्र पठाएर कैदी वन्दीहरुले खरिदार जोशीमाथि कारवाहीको माग गरेका हुन् । खरिदार जोशीले पेशीको बारेमा समयमा जानकारी नदिने, कैदीवन्दीका संरक्षकहरुसँग मानवीय व्यवहार नगर्ने, भनेका वेला उपचार नगर्ने लगायतका आरोप उनीहरुले लगाएका छन् । कारागार व्यवस्थापन विभागले डडेल्धुरा कारागारबाट धनगढी कारागार सरुवा गरेका कैदी कुन्दन मानन्धरबाट खरिदार जोशीले १० हजार नगद दिए पठाउने नत्र नपठाउने भनी जवाफ दिएको आरोप समेत कैदीबन्दीहरुको छ ।
९ फागुन २०७३, सोमवार १३:४८ बजे प्रकाशित